सोल्टी होटलको नाफा ५ करोड रुपैयाँ, ईपीएस ५८ पैसा
सोल्टी होटलको नाफा ५ करोड रुपैयाँ, ईपीएस ५८ पैसा
काठमाडौं । सोल्टी होटल लिकिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४ करोड ९० लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा होटलले ११ करोड ५१ लाख ४१ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
चालु आर्थिक बर्षको ६ महिनामा होटलले कूल आम्दानी १६३.६९ प्रतिशत बढेर ४४ करोड ७८ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षके सोही अवधिमा कम्पनीले १६ करोड ९८ लाख ४६ हजार रुपैयाँ कूल आम्दानी गरेको थियो ।
पौष मसान्तसम्ममा कम्पनीको सञ्चालन नाफा ५ करोड २४ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ११ करोड ४९ लाख २६ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ, जगेडा कोष ६३ करोड ८६ लाख ९८ हजार रुपैयाँ छ ।
कम्पनीले प्रतिशेयर आम्दानी ५८ पैसा रहेको छ छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १७ रुपैयाँ ७८ पैसा रहेको छ ।














