अरुण-३ का ठेकदार, परामर्शदाता र आपूर्तिकर्तालाई भारुमा भुक्तानी गर्न राष्ट्र बैंकको निर्देशन « Arthapath.com
४ चैत्र २०७८, शुक्रबार

अरुण-३ का ठेकदार, परामर्शदाता र आपूर्तिकर्तालाई भारुमा भुक्तानी गर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले अरुण-३ जलविद्युत आयोजनाको ठेकदार, परामर्शदाता र आपूर्तिकर्तालाई भारतीय रुपैयाँमा भुक्तानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

अरुण–३ जलविद्युत आयोजनासँग सम्बन्धित भुक्तानीमा सजिलो होस भनेर राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरु र ख वर्गका विकास बैंकहरुलाई भारतिय रुपैयाँमा नै भुक्तानी गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशन बमोजिम भारतिय रुपैयाँ (आईसी) मा भुक्तानी लिनको लागि आयोजना विकासकर्ता, परामर्शदाता, निर्माणकर्ता, ठेकेदार, आपूर्तिकर्ताले अब आईसीमा भुक्तानी पाउने भएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले आयोजना विकासकर्ता कम्पनीबाट कार्य सम्पादन भएको व्यहोराको पत्र, लगानी बोर्डको कार्यालयको सिफारिस पत्र, भुक्तानी वापत नियम अनुसार तिर्नुपर्ने कर तिरेको प्रमाण र ठेक्का कुल रकमको सीमाभित्र रहेको प्रमाण लिएर मात्रै भुक्तानी गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्