१० श्रावण २०८३, आइतबार

श्रीकृष्ण माविको अत्याधुनिक भवन हस्तान्तरण

श्रीकृष्ण माविको अत्याधुनिक भवन हस्तान्तरण



काठमाडौं । नुवाकोटको श्रीकृष्ण माध्यामिक विद्यालयको ६१ औँ वार्षिकोत्सवको अवसरमा भवन हस्तान्तरण गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच श्रीकृष्ण माध्यामिक विद्यालयको ६१ औँ वार्षिकोत्सवको अवसरमा नवनिर्मित अत्यधुनिक दुई ओटा १८ काेठे भवन हस्तान्तरण गरिएको हो ।

तारकेश्वर गाउँपालिका २ स्थित रहेको उक्त विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि तथा संघिय सांसद नारायणप्रसाद खतिवडाले उक्त भवन हस्तान्तरण पश्चात उद्घाटन गरेका हुन् ।

एशियाली विकास बैंकको सहयोगमा निर्माण सम्पन्न भएको नवनिर्वित भवनको कूल लागत ६ करोड ४७ लाख ५७ हजार ७७३ रुपैयाँ रहेको छ । उक्त भवनको लागत अवधि २ वर्ष रहेको थियो ।

१२ वटा कोठा भएको एउटा भवन र ६ वटा कोठा भएको अर्काे भवन गरी २ वटा अत्याधुनिक भवन हस्तन्तरण गरिएको हो ।

उक्त भवन निर्माण कम्पनी केसी समानान्तर जेभीले गरेको हो । उक्त विद्यालयमा ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । हस्तान्तरण कार्यक्रममा विद्यालयलाई सहयाेग गर्ने दाताहरूलाई सम्मान गरिएकाे छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष त्रिलाेचन सिग्देलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यर्थीहरूले साँस्कृतिक मनाेरञ्जन दिएका थिए ।