मिर्मिरेको सप्ताहव्यापी वित्तीय साक्षरता अभियान चितवनबाट शुरु « Arthapath.com
२४ असार २०८२, मंगलबार

मिर्मिरेको सप्ताहव्यापी वित्तीय साक्षरता अभियान चितवनबाट शुरु



काठमाडौं । ग्लोबल मनि विकको अर्डिनेशन कमिटीको निर्णय बमोजिम नेपाल राष्ट्र बैंकले चैत्र ७ गतेदेखि १३ गते सम्म वित्तीय साक्षरता मार्गदर्शन, २०७८ कार्यक्रम संचालनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशन बमोजिम मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सप्ताहव्यापी कार्यक्रमहरु तय गरेको छ ।

साप्ताहिक कार्यक्रम्मध्ये पहिलो दिन सोमबार शाखा कार्यालय खोलेसिमल र भरतपुरका सदस्यहरू तथा खोलेसिमलका स्थानीयबासीहरु सहित चितवनको खोलेसिमलबाट कालिका नगरपालिकाको कार्यालयसम्म र्याली यात्रा गरेको छ । र्याली पश्चात नगरपालिकाको हलमा जम्माभई वित्तिय साक्षरता सम्बन्धी अन्तरक्रिया तथा वित्तीय साक्षरता सम्बन्धिी भिडियो प्रदर्शनी समेत गरेको छ ।

संस्थामा आवद्ध रहेका लघुवित्त सदस्यहरु तथा संस्थाको बाग्मती प्रदेश प्रमुख तुल्सीराम पाठक, उप प्रमुख रबि मल्लाह, भरतपुर शाखा प्रमुख, पिप्ले शाखा प्रमुख, खोलेसिमल शाखा प्रमुख लगायत कर्मचारीहरूको उपस्थितमा कार्यक्रम भएको हो ।

संस्थाले १३ गते सम्म अधिराज्यका विभिन्न शाखाहरुमा वित्तीय साक्षरता अभिबृद्धिका कार्यक्रमहरु संचालन गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले जानकारी गराउनु भयो । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले अधिराज्यभरी ६३ वटा जिल्लामा १४८ वटा शाखा कार्यालय बाट १ लाख ३० हजार सदस्यहरुमा लघुवित्त सेवा प्रवाह गरिरहेको छ । संस्थाले हाल २ अर्ब ५० करोड रुपैंया निक्षेप संकलन गरी ९ अर्ब रुपैंया कर्जा लगानी गरिरहेको छ ।

संस्थाले सातै प्रदेशमा प्रादेशिक कार्यालय तथा उप प्रादेशिक कार्यालयहरुको संरचना सहित कार्य संचालन गरिरहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्त र नागबेली लघुवित्त लाई प्राप्ती गरिसकेको छ भने भर्खरै रुपन्देहीको बुद्धज्योती लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने सम्झौता समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्