आइएमई र मिदासबीच सहकार्य, कक्षा १ देखि १० सम्म निशुल्क ई‐लर्निङको ब्यवस्था
आइएमई र मिदासबीच सहकार्य, कक्षा १ देखि १० सम्म निशुल्क ई‐लर्निङको ब्यवस्था
काठमाडौं । आइएमईले र मिदास एजुकेशनसँगको सहकार्यमा ई–लर्निङ प्रवद्र्धन अभियान सुरु गरेको छ । सोही अभियान ८ चैत्रदेखि ३१ बैशाख २०७९ सम्म ५४ दिनको लागि लागू गरिएको छ ।
अभियानमा, नेपालमा सफलतापूर्वक विदेशबाट आइएमई मार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आइएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिङ्कसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ । लाभार्थीले त्यसपछि आफ्नो मोबाइलमा प्राप्त लिंकमा क्लिक गरेर मिदास इक्लास सरलीकरण शिक्षा एप इन्सटल गर्न सक्नेछन् ।
एप डाउनलोड गरिसकेपछि, प्रापकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् र सोही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र निशुल्क पढ्न पाउनेछन् ।
सरकारी तथा निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक–शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अगाडि बढाइरहेका हुन्छन् । तर ईक्लासले पाठ अनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनसन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्छ ।













