शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम २ अर्बमा सिमित « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम २ अर्बमा सिमित



काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २०.३४ अंकले घटेर २६३०.३६ अंकमा बन्द भएको छ । यसअघि मंगलबार नेप्से परिसूचक बढेको थियो ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार दिनभरिमा २२६ कम्पनीको ३९ लाख ८५ हजार ५७४ कित्ता २९ हजार ६७८ पटक किनबेच हुँदा २ अर्ब ४ करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार ब्यापार र म्युचुअल फण्ड बाहेक सबै समूहमा राताम्य छाएको छ ।


प्रतिक्रिया दिनुहोस्