शेयर बजार दोहोरो अंकले घट्दा कारोबार रकम बढ्यो, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको शेयर मूल्य बढ्यो

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेको छ । बिहीबार निर्जीवन बीमा समूह र जीवन बीमा समूहबाहेक सबै समूहमा राताम्य छाएको छ । निरन्तर ओरालो लाग्दै आएको बजारमा दोहोरो अंकको गिरावट आएको हो ।
बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.६९ अंकले घटेर २६१३.६७ अंकमा बन्द भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २०.३४ अंकले घटेर २६३०.३६ अंकमा बन्द भएको थियो ।
बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज दिनभरिमा २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर ४५ हजार ७६ पटक किनबेच हुँदा ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२५ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो बुधबार दिनभरिमा २२६ कम्पनीको ३९ लाख ८५ हजार ५७४ कित्ता २९ हजार ६७८ पटक किनबेच हुँदा २ अर्ब ४ करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीबार निर्जीवन बीमा समूह १.०५ प्रतिशत र जीवन बीमा समूह २.५५ प्रतिशतले बढेको छ भने अन्य समूह समूहको शेयर मूल्य घटेको छ ।
बिहीबार राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य १० प्रतिशत र इमर्जिङ्ग नेपालको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, नेपाल फाइनान्सको शेयर मूल्य ४.६७ प्रतिशत र सामलिङ्ग पावर कम्पनीको शेयर मूलय ४.६५ प्रतिशतले घटेको छ ।
