एसियाको पहिलो कृषि कर्जा मेलामा एनएमबि लघुबित्तको सहभागिता

पोखरा । विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको कृषि कर्जा मेला चितवनमा शुरु भएको छ । कृषक र कृषिसंग जोडिएका मेला भ्रमणकर्तालाई एकै थलोमा सबै जानकारी लिन सजिलो होस भन्ने हेतुले आर एण्ड डी इनोभेटीभ सोलुसन प्रा.लि. र नेपाल कृषि मेशीनरी ब्यवसाय संघले संयुक्त रुपमा चितवनको एक्स्पो सेन्टर भरतपुरमा चैत ९ देखी १२ गतेसम्म यो मेला आयोजना गरेको हो । यस कृषि कर्जा मेलामा पोखरा हेम्जाको एनएमबि लघुबित्त बित्तीय संस्थाले पनि सहभागिता जनाएको छ ।
नेपाल राष्ट्र वैकवाट “घ” वर्गको बित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यस बित्तीय संस्थाले आफ्ना ग्राहकलाई कृषिकर्जा सम्वन्धी जानकारी गराई कृषि वित्तीय साक्षरता अभिबृद्धि गराउने र कृषि कर्जा मैत्री निति निमार्णमा थप टेवा पुग्ने उदेश्यका साथ उक्त मेलामा वित्तिय संस्थाको तर्फवाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले समेत सहभागिता जनाएका छन ।
एनएमबि बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबि लघुवित्त बित्तीय संस्था नेपाल राष्ट्र वैकवाट “घ” वर्गको बित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुबित्त बित्तीय संस्था हो । यस बित्तीय संस्थाले देशका सातवटै प्रदेशमा प्रादेशिक कार्यालय सहित ६८ जिल्लाका बिभिन्न स्थानहरुमा १४८ वटा शाखा तथा उपशाखा कार्यालयहरु संचालन गरी करिब १ लाख १९ हजार विपन्न घरपरिवारका सदस्यहरुलाइ लघुवित्त सेवा प्रदान गदै आएको बताएको छ ।