नेप्सेमा मञ्जुश्री फाइनान्सको ४० प्रतिशतसहित २ कम्पनीको बोनस शेयर सूचीकृत « Arthapath.com
११ चैत्र २०७८, शुक्रबार

नेप्सेमा मञ्जुश्री फाइनान्सको ४० प्रतिशतसहित २ कम्पनीको बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र मञ्जुश्री फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ५ प्रतिशत बोनस शेयर बापतको ५ लाख ८२ हजार ४८२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै मञ्जुश्री फाइनान्स लिमिटेडको ४० प्रतिशत बोनस शेयर बापतको ३८ लाख ६१ हजार ५७९.५६८० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ६ प्रतिशत नगद गरी कूल ४६ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्