नेप्सेमा लघुवित्तको ३१.०५ प्रतिशत र बीमाको २५ प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

नेप्सेमा लघुवित्तको ३१.०५ प्रतिशत र बीमाको २५ प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार विभिन्न २ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आइतबार एशियन लाइफ इन्स्योरेन्स कम्पनीको र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ प्रतिशत बोनस शेयर बापतको ५२ लाख ९० हजार ७४२.७२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनले गत आर्थिक बर्ष २०७६–७७ नाफाबाट कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २ प्रतिशत नगद लाभांश गरी कूल २७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ३१.०५ प्रतिशत बोनस शेयर बापतको ६ लाख ३९ हजार ७२७.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.६३ प्रतिशत नगद गरी कूल ३२.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्