राष्ट्र उत्थान लघुवित्तमा १ हजार लगानी गरेर २ सातामा १३ हजार रुपैयाँ भन्दा बढी कमाए « Arthapath.com
२४ असार २०८२, मंगलबार

राष्ट्र उत्थान लघुवित्तमा १ हजार लगानी गरेर २ सातामा १३ हजार रुपैयाँ भन्दा बढी कमाए



काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता मालमाल बनेका छन् । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार शुरु भएको ३ साता मात्रै भएको छ । दिनको हिसाव गर्ने हो भने लघुवित्तको शेयर कारोबार भएको १४ दिन अर्थात २ साता मात्रै भएको छ । लघुवित्तको शेयर कारोबार (फागुन २९ गते) आइतबारबाट शुरु भएको थियो ।

लघुवित्तको पहिलो कारोबार प्रतिकित्ता ५०२ रुपैयाँमा भएको थियो । नेप्सेले यसको ओपनिङ रेन्ज पनि न्यूनतम १६७ रुपैयाँ ४३ पैसादेखि अधिकतम ५०२ रुपैयाँ २९ पैसा तोकेको थियो । सोही रेन्जको उच्चतम विन्दुबाट कारोबार सुरु भएको थियो ।

१४ दिनको अवधिमा लघुवित्तका शेयरधनीहरु मालामाल बनेका छन् । कारोबार भएको दिनदेखि लघुवित्तको शेयर कारोबार निरन्तर बढेको छ । लघुवित्तको विहीबार अन्तिम कारोबार प्रतिकित्ता १ हजार ३१९.५० रुपैयाँमा भएको छ । यो मूल्यका आधारमा हेर्ने हो भने १० कित्ता शेयर हुने शेयरधनीको हालसम्म शेयर मूल्य १३ हजार १९५ रुपैयाँ पुगेको छ ।

१ हजार रुपैयाँ लगानी गरेर १४ दिनमा लगानीकर्ताले १२ हजार १९५ रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ । लघुवित्तको शेयर मूल्य अझै बढ्ने देखिन्छ । लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढिरहेको छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि फागुन ४ गते बुधबारदेखि फागुन ८ गते आइतबारसम्म १ सय रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्