नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ता मालमाल, ४ दिनमा कति कमाए ? « Arthapath.com
१८ चैत्र २०७८, शुक्रबार

नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ता मालमाल, ४ दिनमा कति कमाए ?



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चैत्र १४ गतेदेखि कारोबार भएको हो । लघुवित्तको पहिलो कारोबार प्रतिकित्ता ७४७ रुपैयाँ ७० पैसामा भएको थियो ।

नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम २६० रूपैयाँ ८४ पैसादेखि अधिकतम ७८२ रुपैयाँ ५२ पैसासम्म तोकेको थियो । सोही आधारमा लघुवित्तको पहिलो कारोबार अधिकतम मल्यबाट भएको थियो ।

नेप्सेमा लघुवित्तको शेयर कारोबार भएको जम्मा ४ दिन मात्रै भएको छ । यो ४ दिनको अवधिमा लघुवित्तको शेयर भएका लगानीकर्ता मालामाल बनेका छन् । नेष्डो लघुवित्तको पछिल्लो कारोबार (विहीबार) १ हजार ५५ रुपैया ७० पैसामा भएको छ ।

लघुवित्तको १० कित्ता भएका शेयरधनीहरुले ४ दिनको अवधिमा १० हजार ५५७ रुपैयाँ कमाएका छन् । लघुवित्तमा १ हजार रुपैयाँ लगानी गरेर ४ दिनको अवधिमा नै १० हजार भन्दा बढी कमाएका हुन् । यो ४ दिनको अवधिमा लघुवित्तको शेयर कारोबार निरन्तर बढेको छ । लघुवित्तको शेयर मूल्य अझै बढ्ने देखिन्छ । नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले मनग्य नाफा आर्जन गरेका छन् ।

लघुवित्तले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्