२० प्रतिशत लाभांश पाउन आज नै शेयरधनी बन्नुपर्ने अन्तिम दिन « Arthapath.com
२२ चैत्र २०७८, मंगलवार

२० प्रतिशत लाभांश पाउन आज नै शेयरधनी बन्नुपर्ने अन्तिम दिन



काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत्र २२ गते) अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत्र २३ गतेदेखि वैशाख १० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तले १३ औं वार्षिक साधाण सभा बैशाख १० गते दिउँसो ३ बजे प्रधान कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा बोलाएको छ ।

लघुवित्तले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।


प्रतिक्रिया दिनुहोस्