बलेफी हाइड्रोपावरको आईपीओ भाग्यमानी ३ जनाले ११ कित्ता पाउने, १० कित्ता कतिले पाउनेछन् ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बलेफी हाइड्रोपावरको आईपीओ भाग्यमानी ३ जनाले ११ कित्ता पाउने, १० कित्ता कतिले पाउनेछन् ?



काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा अन्तिम दिन १५.७३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार ५ बजे सम्म कम्पनीको आईपीओमा २२ लाख ६४ हजार ३७८ आवेदकले २ करोड ६१ लख ७१ हजार ३९० कित्ता शेयरका लागि २ अर्ब ६१ करोड ७१ रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।

कम्पनीले चैत १६ गते बुधबारदेखि चैत्र २१ गते सोमबारसम्म आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिने छ । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा कम्पनीको आईपीओ १ लाख ६६ हजार ३४५ जनाले मात्रै पाउने छन् । १० कित्ताका दरले बाँडफाँट गर्दा ३ कित्ता बाँकी रहन्छन् । बाँकी रहेका ३ कित्ता थप गरेर ३ जनालाई ११ कित्ताका दरले दिईने छ । कम्पनीको आईपीओमा आवेदन दिएका लगानीकर्ता मध्ये झण्डै २१ लाखको हात रित्तो हुने देखिन्छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्