जीवन विकास लघुवित्तका शेयरधनी मालामाल

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारण सभा सम्पन्न भएको छ । लघुवित्तको तेस्रो वार्षिक साधारण सभा चैत्र २५ गते, शुक्रबार केन्द्रिय कार्यलय कटहरी २, मोरङमा सम्पनन भएको हो ।
लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.६८ प्रतिशत नगद गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, संचालक समितिको तर्फबाट आर्थिक बर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७–०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण प्रस्ताव पारित गर्ने छ ।
त्यस्तै, सभाले लघुवित्तको अधिकृत पूँजी १ अर्ब रुपैयाँबाट बृद्धि गरी २ अर्ब रुपैयाँ पुर्याउने र जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँबाट १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले कुनै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने–गाभिने वा प्राप्ति गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदन तयार गर्न मूल्यांकनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्ने–गाभिने एवम् प्राप्तिसंग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
लघुवित्तको तेश्रो वार्षिक साधारण सभा अध्यक्ष विक्रम राज सुबेदीको अध्यक्षता र जीवन विकास समाजका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक योगन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा सामुदायिक महिला विकास केन्द्रका अध्यक्ष मिरा देव विशिष्ट अतिथी र अन्य विभिन्न संघ संस्था एवम् निकायका प्रतिनिधिहरु अतिथीको रुपमा उपस्थित रहेका थिए ।
लघुवित्तको सञ्चालकमा गोकर्ण खतिवडा र अशोक सिटौला निर्वाचित भएका छन् । वित्तीय संस्थाको जारी पूँजी ६० करोढ ८४ लाख रुपैयाँबाट १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ पुर्याउने प्रस्ताव र अधिकृत पुँजी २ अर्ब रुपैयाँ पुर्याउने प्रवन्धपत्र संसोधनको प्रस्ताव समेत स्वीकृत गरिएको छ ।