नेप्सेमा इन्फिनिटी लघुवित्तको २७.७ प्रतिश बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको २७.७० प्रतिशत बोनस बापतको ८ लाख ९९ हजार ९८.१२७३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४६ प्रतिशत गरी कूल २९.१९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
