नेप्सेमा २७ प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
४ बैशाख २०७९, आईतवार

नेप्सेमा २७ प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २७ प्रतिशत बोनस शेयर वापतको ४९ लाख ४१ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्