नेप्सेमा ७.७० प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
४ बैशाख २०७९, आईतवार

नेप्सेमा ७.७० प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको ७.७० प्रतिशत बोनस शेयर वापतको ६ लाख ४५ हजार ४०१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्