खल्तीबाट फ्लाइट टिकट काट्दा लखपति बन्ने मौका « Arthapath.com
२४ असार २०८२, मंगलबार

खल्तीबाट फ्लाइट टिकट काट्दा लखपति बन्ने मौका



काठमाडौं । खल्ती डिजिटल वालेटले फ्लाइट टिकट खरिदमा लखपति बन्ने मौका लिएर आएको छ । फ्लाइटमा यस अफर अन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली बिजेतालाई १ लाखको नगद उपहार प्राप्त हुनेछ ।

त्यस्तै हरेक दिन हप्ता दुई जनालाई फ्लाइट टिकट मा १०० प्रतिशत क्यासब्याक पनि प्राप्त गर्ने सक्ने जनाएको छ । यो अफर बैशाख ६ गते देखि जेठ ९ गते सम्म मान्य हुनेछ । यो अफरमा सहभागी हुन प्रयोगकर्ताको केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ ।

प्रयोगकर्ताहरुलाई यस क्याम्पेनमा भाग लिन प्रोत्साहन गर्न नियमित क्यासब्याक र टिकट बुकिङ्गको सहज अनुभवको बम्पर नगद पुरस्कार जित्ने मौका लिएर आएको खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जनाए ।


प्रतिक्रिया दिनुहोस्