नेप्सेमा ३० प्रतिशत हकप्रद शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको ३० प्रतिशत हकप्रद बापतको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर शेयर नेप्सेमा सूचीकृत भएको हो ।
छ्याङ्दी हाइड्रोपावर लिमिटेडले माघ ११ गतेदेखि फागुन २ गतेसम्म ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्र खुला गरेको थियो ।
