रियलमीको सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोन सी ३५ नेपालमा सार्वजनिक

काठमाडौँ । विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आज नेपालमा सी सिरीज अन्तर्गतको सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोन सी३५ सार्वजनिक गरेको छ । सधैँ झैँ रियलमीले विश्वभरका युवा वर्गका लागि अभूतपूर्व एन्ट्री–लेभल स्मार्टफोन ल्याउन कम्पनीको ‘DARE TO LEAP’ अवधारणालाई जारी राखेको हो ।
५० एमपी कयामेरा
रियलमी सी३५ मा फ्लागशिप स्तरको ५० एमपी प्राईमरी क्यामेरा, जिटी २ प्रो जस्तै ठूलो क्षेत्रफल र एफ १.८ एपर्चर, फोटोमा धेरै विवरणहरु लिन सकिने र ब्लकबस्टर शट लिन प्रयोगकर्ताहरुलाई सजिलो अनुभव गराउँछ । रोमाञ्चक क्यामेरा अनुभव प्रदान गर्न रियलमी सी३५ले थप एफ २.८ बि राखेको छ ।
एन्ट्री लेभल मा स्टाईलिश डिजाइन
२०२२ मा सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोनको रुपमा डिजाईन गरिेएको, रियलमी सी३५ ८.१ एमएम राईट–एङ्गल बेजेलको साथ आएको छ, जुन सी सिरीजमा सबैभन्दा पातलो फोन हो । यो डाईनामिक ग्लोईङ्ग डिजाइनले प्रयागेकर्ताको व्यक्तित्व झल्काउँछ र फ्युचरिस्टिक र ट्रेन्डी देखाउँछ । यसबाहेक, यो फोन दुई भिन्न रङ्ग – ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीनमा उपलब्ध छ ।
आफ्नो श्रेणीमा उत्कृष्ट
सी सिरीज अन्तर्गत रियलमी सी ३५ ले TUV Smartphone High Reliability Certification र Real Quality गरी दुई भिन्न उच्च गुणस्तर प्रदान गर्दछ ।
आफ्नो श्रेणीमा उत्कृष्ट प्रदर्शन
Unisoc T616 शक्तिशाली प्रोसेरसँग सुसज्जित रियलमी सी ३५ ले AnTuTu बेन्चमार्कमा २३०,७२६ स्कोर प्राप्त गरेको छ । यसबाहेक, रियलमी सी३५, सी सिरीज अन्तर्गतको पहिलो फोन हो जसमा DRE Dynamic RAM विस्तार गरिएको छ, यसले लास्ट–जेन भन्दा पनि सहज अनुभव प्रदान गर्दछ ।
मेगा ब्याट्री र एफएचडि डिस्प्लेको साथ उत्कृष्ट अनुभव
रियलमी सी३५ मा सी सिरीज अन्तर्गतको ५००० एमएएच् ब्याट्री र १८W फास्ट चार्जको फाइदा लिन सकिन्छ, जसले गर्दा यो स्ट्यान्डबाइमा ३९ दिनसम्म टिक्न सक्छ र ४९ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ । यसबाहेक, सी सिरीज अन्तर्गत सी ३५ मा ६.६ ईन्च FHD फुलस्क्रिन राखिएको छ जसले आकर्षक भिजुअलको अनुभव प्रदान गर्दछ ।
रियलमी सी ३५ दुइ फ्युचरिस्टिक आकर्षक डिजाइन र रङ्गहरुमा उपलब्ध छ – ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीन । दुई स्टोरेज भेरियन्टहको मूल्य २० रुपैयाँ ४९९ (४ जीबि +६४ जीबि) र २१ हजार ९९९ रुपैयाँ (४जिबि +१२८ जिबि) रहेको छ । यी स्मार्टफोनहरु नेपाली बजारमा यही बैशाख ८ देखि उपलब्ध भएको छ ।
रियलमीको बारेमा
रियलमी एक विश्वव्यापी उदयमान उपभोक्ता प्राविधिक कम्पनी हो जसले अत्याधुनिक प्रविधिहरु सुलभ बनाएर स्मार्टफोन र अलोट बजारमा आफ्नो उपस्थिति जनाइरहेको छ । यसले युवाहरुलाई किफायती मूल्यमा स्मार्टफोन र प्रिमीयम स्पेक्स, क्वालिटी र ट्रेन्डसेडिङ्ग डिजाइन सहितको लाइफस्टाइल टेक्नोलोजी डिभाइसहरु उपलब्ध गराउँदछ ।
२०१८ मा “Dare to Leap” को नारा सहित ‘स्काइ ली’ ले स्थापना गर्नुभएका रियलमीे विश्वको सातौँ ठूलो स्मार्टफोन कम्पनी हो । २०२१ को दोस्रो क्वाटर सम्ममा रियलमीले विश्वको ६१ वटा बजारमा आफ्नो उपस्थिति जनाइसकेको छ । चीन, दक्षिणपूर्वी एसिया, युरोप, रुस, अष्ट्रेलिया, मध्य पूर्व, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरुमा १० करोड भन्दा बढी रियलमी को प्रयोगकर्ता छन् ।
