नेप्सेमा एक कम्पनीको २० प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयर वापतको ५ लाख ७१ हजार २४०.३२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
