चुनाव लगत्तै देउवा सरकारले बढायाे पेट्रोलियम पदार्थको मूल्य, ग्यास प्रति सिलिण्डर २०० र पेट्रोल लिटरमै १० रुपैयाँ बढ्याे
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको हो ।
निगमले प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेर पेट्रोलको मूल्य १८० पुर्याएको छ । त्यस्तै डिजेल, मट्टितेलको मूल्य पनि बढेको छ । डिजेल, मट्टितेल अहिले १६३ रुपैयाँ पुगेको छ ।
खाना पकाउने एलपी ग्यासमा २ सय रुपैयाँ वृद्धि गर्दै १८०० पुर्याइएको छ । नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।














