जनरल इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ ।
इन्स्योरेन्स कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले बीमा समितिबाट स्वीकृती लिई चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने छ ।
बीमा समितिबाट स्वीकृती पाएसँगै कम्पनीले हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ ।














