नेप्सेमा एक कम्पनीको ९.३३ प्रतिशत बोनस शेयर समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) ले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मुल्य समायोजन गरेको छ । कम्पनीले मंगलबार ९.३३ प्रतिशत बोनस शेयर वितरणका लागि बुक क्लोज गरेसँगै आज (जेठ १७ गते) नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
मंगलबार शेयर बजार बन्द हुनुभन्दा अघि कायम १०८० रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछि शेयरमूूल्य ९८७ रुपैयाँ ८३ पैसा कायम गरेको छ ।
सोही मूल्य आधारमा नै बुधबार शेयर बजारमा कारोबार हुल्नेछ ।