एनआईसी एशिया लघुवित्तको ५० हजार कित्ता शेयर आजदेखि लिलामीमा « Arthapath.com
१८ जेष्ठ २०७९, बुधबार

एनआईसी एशिया लघुवित्तको ५० हजार कित्ता शेयर आजदेखि लिलामीमा



काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर लिलामीमा बिक्री खुला भएको छ । कम्पनीको संस्थापक समूह तर्फको ५० हजार कित्ता शेयर लिलामीमा विक्री खुला हुने भएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य २५ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवश्यक कागजात संकलन गी जेठ २५ गतेसम्म एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम २५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्