बजेट भाषण पछि शेयर बजारमा निरन्तर पहिरो, १३ उपसूचक नै राताम्य (कहिले आउला सुधार) « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

बजेट भाषण पछि शेयर बजारमा निरन्तर पहिरो, १३ उपसूचक नै राताम्य (कहिले आउला सुधार)



काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार पनि शेयर बजार राताम्य भएको छ । शेयर बजार केही महिना यता निरन्तर राताम्य हुदाँ कारोबार समेत खुम्चिन पुगेको छ । अहिले देशभर बजेटको बारे चर्चा परिचर्चा भइरहेदा शेयर बजार सम्बन्धी लगानीकर्ताहरुलाई उत्साहित बनाउने खासै कुरा बटेजमा नसमेटिदा शेयर बजारमा सुधार आउन सकेको छैन । लगानीकर्ताहरु आजै लगानी गर्ने डराइरहेको अवस्था रहेको छ ।

शुक्रबार नेप्से परिसूचक २०७८.७० बिन्दुमा कायम भएको छ । ३२०० विन्द पुग्ने नेप्से केही महिना यता खुम्चिदैं आउदा शेयर बजार सुधार हुन कति समय लाग्छ भनि एकिन गर्ने सक्ने अबस्था नरहेको विज्ञहरु बताउछन् । मौद्रीक नितिको तेस्रो समिक्षा पछि नेप्से निरन्तर ओरालो लागेको हो । उक्त समिक्षा अगाडि ८ देखी १० अर्ब रुपैयाँको कारोबार हुने शेयर बजारमा केही महिना कता कारोबार १ अर्ब रुपैयाँमा खुम्चि रहेको छ । अर्थमन्त्री जनार्दश शर्माले पूँजी बजार सम्बन्धी प्रयाप्त कुरा समेटिएको भन्दै आएको भएपनि लगानीकर्ता भने संकोच मै रहेको पाइछ ।

शुक्रबार नेप्से परिसूचक ३३.७६ अकंले घटेर २०७८.७० बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेप्से परिसूचक १८.२६ अकंले घटेर २११२.४७ बिन्दुमा बन्द भएको थियो ।

शुक्रबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैयाँको कारोबार भएको हो ।

शेयर बजार निरन्तर ओरालो दिसामा लाग्दा आज १३ वटै उपसूचक राताम्य हुन पुगेको देखिन्छ । शुक्रबार बैंकिक समूहको १.६८ प्रतिशत, ब्यापार समूहको २.५६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८६ प्रतिशत, विकास बैंक समूहको १.५५ प्रतिशत, हाइड्रोपावर समूहको १.३ प्रतिशत, फाइनान्स समूहको १.३७ प्रतिशत, निर्जीवन बीमा समूहको १.९२ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.७४ प्रतिशत, अन्य समूहको ०.८१ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.४४ प्रतिशत, जीवन बीमा समूहको २.३४ प्रतिशत, म्युचुअल फण्ड समूहको १.७४ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.९१ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्