१८ कार्तिक २०८३, बुधबार

बुधबार पनि बढ्यो सुनको भाउ: कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनकाे मूलय बढेकाे छ। हिजाे ताेलमा ७०० रुपैयाँले बढेको सुनकाे भाउ आज पनि ६ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला सुन २ लाख ७५ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ७५ हजार रुपैयाँमा किनबेच भएको थियो।

यता आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा ३ हजार ६५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४५ रुपैयाँ घटेर चाँदी ३ हजार ६७५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।