एक कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से सामान्य अंकले घटेको छ । नेपाल सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेसँगै नेप्से आइतबार देखि शुक्रबार शेयर बजार खुल्ला राख्ने निर्णय गरेको थियो तर शुक्रबार भने ११ बजेदेखि १ बजेसम्म दूई घण्टा खुला राखेको रहने छ ।
नेप्से आज ७।५७ अकंले घटेर १९७१।३६ बिन्दुमा बन्द भएको छ । शुक्रबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको २३ लाख ५५ हजार १ कित्ता शेयर किनबेच हुदाँ ७३ करोड ६३ लाख १२ हजार १५७ रुपैयाँको कारोबार भएको हो ।
शुक्रबार नेप्से झिनो अकंले घटे पनि १ कम्पनीको शेयरमा सर्किट लागेको छ । आज आधिँखोला लघुवित्तको शेयरमा सर्किट लागेको हो ।साथै, सिवाईसी नेपाल लघुवित्तको ४।०२ प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्सको ३।४६ प्रतिशत, सानिमा लाइफ इन्स्योरेन्सको ३।०६ प्रतिशत र प्रिमियर इन्स्योरन्सको २।५६ प्रतिशतले शेयर बढेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा रिभर फल्स पावर रहेको छ । कम्पनीको शेयर आज ५।९३ प्रतिशतले घटेको हो । साथै, बुद्धभुमि नेपाल हाइड्रोपावरको ४।६४ प्रतिशत, सिन्गटी हाइड्रो इर्नर्जीको ४।३४ प्रतिशत र गणपति लघुवित्तको ३।८९ प्रतिशतले शेयर घटेको हो ।

















