नेप्सेमा २ कम्पनीको बोनस सहित ३ कम्पनीको शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गत साता विभिन्न ३ कम्पनीको शेयर सूचीकृत भएको छ । गत साता नेरुडे लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर र रिभर फल्स पावरको आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको २१.४८७६ प्रतिशत बोनस बापतको १० लाख ६१ हजार २२४.२६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २१.४८७६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.१३०९ प्रतिशत नगद गरी कूल २२.६१८५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापतको १६ लाख ८० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, गत साता नेप्सेमा रिभर फल्स पावर कम्पनी लिमिटेडको ७० लाख कित्ता साधारण शेयर (आईपीओ) सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको २७ लाख ३० हजार र संस्थापकहरुले लगानी गरेको ३५ लाख ७० हजार कित्ता गरी कूल ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।