मर्चवारी गाउँपालिका उपाध्यक्षका देवरको निधनमा सार्वजनिक बिदा
काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षको देवरको निधनमा सार्वजनिक बिदा दिएको छ । उक्त गाउँपालिकाकी उपाध्यक्ष शाखा सिंहको देवरको निधन भएकोले सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख गरीएको छ ।
गाउँपालिका अध्यक्ष गयाप्रसाद बरहीले जारी गरेको सूचनामा गाउँपालिका कार्यालयदेखि विद्यालय र संघ संस्थाहरू सम्मलाई बिदा दिइएको उल्लेख छ ।














