लगानीकर्ता सडकमा-शेयर बजारमा पहिरो, १ अर्ब १३ करोडमा कारोबार खुम्चिदा १३ वटै उपसूचक राताम्य

काठमाडौं । शेयर बजार आज पनि राताम्य भइरहेको छ । बजार निरन्तर ओरालो लाग्दा सुधारका लागि लगानीकर्ता आन्दोलित हुदै गइरहेको अवस्था छ । विभिन्न १९ बुँदे मागहरुसहित पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोईरालाले असार १ गतेदेखि आमरण अनसन समेत सुरू गरेका छन् । उनको स्वाथ्यमा समेत समस्या देखा पर्ने थालेको छ । सरकारले पनि आसै प्राथमिकता राखेको देखिएको छैन ।
लगानीकर्ता आन्दोलित भइ रहदा न त लगानीकर्ताहरुले कुनै सरकारी तहका मान्छेले भटेर समस्या नै सुनेको छ न त कुनै कदम नै चालेको छ । बजेट भाषण यता निरन्तर घटेको शेयर बजारमा प्रमुख दोष अर्थमन्त्री जनार्दन शर्मालाई दिइरहेको पाइएको छ । लगानीकर्ता उत्साहित गराउने कुनै पनि बुदाँ बजेटमा नजोडिएको भन्दै लगानीकर्ताहरु निराश हुदै गइरहेको अवस्था छ । अर्थमन्त्री शर्माले पूँजी बजार सुधारका लागि ४ जनाको समिति तथा मौद्रीक निति मार्फत पूँजी बजार सम्बन्धी समस्या समाधान गर्ने बताउदैं आइरहेको भए पनि लगानीकर्ता आजै अन्यौलमा देखिएका छन् ।
आइतबार नेप्से परिसूचक ३७.२७ अकंले घटेर १९३४.११ बिन्दुमा बन्द भएको छ । शुक्रबार भने नेप्से आज ७.५७ अकंले घटेर १९७१.३६ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिनभने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको २३ लाख ५५ हजार १ कित्ता शेयर किनबेच हुदाँ ७३ करोड ६३ लाख १२ हजार १५७ रुपैयाँको कारोबार भएको थियो ।
आइतबार सबैं उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.९२ प्रतिशत, ब्यापार समूहको १.९ प्रतिशत, होटल तथा पर्यटन १.८४ प्रतिशत, विकास बैंक समूहको ३.६६ प्रतिशत, हाइड्रोपावर समूहको ३.८५ प्रतिशत, फाइनान्स समूहको ३.५९ प्रतिशत, निर्जीवन बीमा समूहको १.९२ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.६८ प्रतिशत, अन्य समूहको ३.६२ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.५४ प्रतिशत, जीवन बीमा समूहको १.३२ प्रतिशत, म्युचुअल फण्ड समूहको ३.१ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २.२७ प्रतिशतले शेयर मूल्य घटेको हो ।