आन्दोलित लगानीकर्तालाई गिज्याउदैं शेयर बजार, १ अर्ब ७५ करोडको कारोबार हुदाँ १३ वटै उपसूचक राताम्य « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

आन्दोलित लगानीकर्तालाई गिज्याउदैं शेयर बजार, १ अर्ब ७५ करोडको कारोबार हुदाँ १३ वटै उपसूचक राताम्य



काठमाडौं । शेयर बजारमा लगानीकर्ताको हैरानी कायम नै रहेको छ । शेयर बजार बढ्ने आशा रहेका लगानीकर्ता निरन्तर शेयर बजारमा देखिएको राताम्यले खिन्न महसुश गरी रहेका छन् । पूँजी बजार सुधाका लागि लगानीकर्ता सडकमा आन्दोलन देखि अनशनमा बस्दा समेत नेप्सेमा देखिएका राताम्यले हैरानी हेप्नु परेको अवस्था छ । लगानीकर्ताको आन्दोलनले नै लगानीकर्ता होच्चाएको जस्तो परिस्थती देखा परेको छ । आन्दोलित लगानीकर्तालाई सुझाव देखि आश्वासन दिने समेत सरकार तहबाट कुनै पनि पहल नहुदाँ सरकार लगानीकर्ताको माग पुरा गर्ने सकारात्मक नभएको बुझ्न सकिन्छ ।

विभिन्न १९ बुँदे मागहरुसहित पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोईरालाले असार १ गतेदेखि आमरण अनसन समेत सुरू गरेका छन् । उनको स्वाथ्यमा समेत समस्या देखा पर्ने थालेको छ । सरकारले पनि आसै प्राथमिकता राखेको देखिएको छैन ।

लगानीकर्ता आन्दोलित भइ रहदा न त लगानीकर्ताहरुले कुनै सरकारी तहका मान्छेले भटेर समस्या नै सुनेको छ न त कुनै कदम नै चालेको छ । बजेट भाषण यता निरन्तर घटेको शेयर बजारमा प्रमुख दोष अर्थमन्त्री जनार्दन शर्मालाई दिइरहेको पाइएको छ । लगानीकर्ता उत्साहित गराउने कुनै पनि बुदाँ बजेटमा नजोडिएको भन्दै लगानीकर्ताहरु निराश हुदै गइरहेको अवस्था छ । अर्थमन्त्री शर्माले पूँजी बजार सुधारका लागि ४ जनाको समिति तथा मौद्रीक निति मार्फत पूँजी बजार सम्बन्धी समस्या समाधान गर्ने बताउदैं आइरहेको भए पनि लगानीकर्ता आजै अन्यौलमा देखिएका छन् ।

सोमबार नेप्से परिसूचक ४९.३१ अकंले घटेर १८८४.८१ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेप्से परिसूचक ३७.२७ अकंले घटेर १९३४.११ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँको कारोबार भएको थियो ।

सोमबार सबै सूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.५९ प्रतिशत, ब्यापार समूहको १.४४ प्रतिशत, होटल तथा पर्यटन समूहको २.०५ प्रतिशत, विकास बैंक समूहको ४.१३ प्रतिशत, हाइड्रोपावर समूहको ४.२८ प्रतिशत, फाइनान्स समूहको ३.४७ प्रतिशत, निर्जीवन बीमा समूहको ३.०३ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.९५ प्रतिशत, अन्य समूहको ३.५ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.६६ प्रतिशत, जीवन बीमा समूहको २.५७ प्रतिशत, म्युचुअल फण्ड समूहको २.०४ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २.७५ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्