नेप्सेमा हरियाली छाउदाँ यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । निरन्तर ओरालो लागेको शेयर बजार साताको तेस्रो दिनमा सुधार आएको छ । केही महिना यता २।३ बाहेक अरु दिन लगातार राताम्य भएको शेयर बजार आज भने हरियाली छाएको छ । लगानीकर्ता सडकमा आन्दोलित भइरहदाँ आज भने केही झिनो आशा लगानीकर्तालाई नेप्सेले दिएको छ ।
मंगलबार नेप्से परिसूचक ३७.४९ अकंले बढेर १९२२.३० बिन्दुमा बन्द भएको छ । सोमबार भने नेप्से परिसूचक ४९.३१ अकंले घटेर १८८४.८१ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३७ लाख १२ हजार ७४६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार नेप्सेमा सुधार आउदाँ नेपाल टेलिकमको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ११ करोड ५९ लाख ७३ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, नबिल बैंकको ४ करोड ३१ लाख ४० हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोापवरको ३ करोड ४३ लाख २५ हजार रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २४ लाख ८१ हजार रुपैयाँको कारोबार भएको हो ।
