हरियाली शेयर बजारमा ३ कम्पनीको सर्किट, यी लगानीकर्ताले कमाए-गुमाए

काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा उत्साह छाएको छ । मंगलबार नेप्से परिसूचक ३७.४९ अकंले बढेर १९२२.३० बिन्दुमा बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३७ लाख १२ हजार ७४६ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आए पनि कारोबार भने १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँमा सिमित भएको छ ।
मंगलबार नेप्सेमा सुधार आउदा तीन कम्पनीको शेयरमा भने सर्किट लागेको छ । आज आधिँखोला लघुवित्त, सिवाइसि नेपाल लघुवित्त र सप्तकोशी डेभलमपेन्ट बैंकको शेयरमा सर्किट लागेको हो । सार्थै, सामुदायिक लघुवित्तको ८.९८ प्रतिशत, रिभर फल्स पावरको ८.८८ प्रतिशत र शिव श्री हाइड्रोपावरको ८.३४ प्रतिशतले शेयर बढेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा नबिल ब्यालेचड फण्ड रहेको छ । फण्डले आज २.९३ प्रतिशतले गुमाएको हो । साथै, तेह्रथुम पावरको २.८७ प्रतिशत, एनआइसि एशिया ब्यालेचडको २.५९ प्रतिशत र लक्ष्मी इक्वाटी फण्डको २.५० प्रतिशतले घटेको हो ।
