बोर्डका अध्यक्ष हमालले बोलाए पत्रकार सम्मेलन, सम्बोधन होला त लगानीकर्ताको माग ? « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

बोर्डका अध्यक्ष हमालले बोलाए पत्रकार सम्मेलन, सम्बोधन होला त लगानीकर्ताको माग ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल विदेश भ्रमणबाट फर्किए लगत्तै पत्रकार बोलाएका छन् । एक साता देखि विदेश भ्रमणमा रहेका हमाल असार ६ गते नेपाल फर्किएका थिए ।

पूँजी बजारमा देखिएका समस्या समाधानको माग गर्दै लगानीकर्ता आन्दोलित भएका बेला हमाल विदेश भ्रमणमा गएका थिए । पूँजी बजार सुधार माग गर्दै अनसनमा रहेका तिलक कोइराला आज सातौं पुगेको छ ।

हमालले पत्रकार सम्मेलन मार्फत लगानीकर्ताका मागका र धितोपत्र बोर्डले समेट्न सक्ने बिषयहरु बारे धारण सार्वजनिक गर्ने आंकलन गरीएको छ । उनले बोर्डको कार्यलयमा साँझ ५ बजे पत्रकारप बोलाएका छन् ।


प्रतिक्रिया दिनुहोस्