ङादी ग्रुप पावरले १ करोड कित्ता हकप्रद जारी गर्ने, बुक क्लोजको मिति तय
काठमाडौं । ङादी ग्रुप पावरले १५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि असार २० गते बुक क्लोज गर्ने भएको छ । असार १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । ङादीले हाल कायम ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ चुक्ता पुँजीमा १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
उक्त हकप्रद शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।













