सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो ब्रान्च म्यानेजर, शैक्षिक योग्यता कति ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै २ शाखाका लागि ब्रान्च म्यानेजर माग गरेको हो ।
बैंकले बिरगंज र पर्साका लागि ब्रान्च म्यानेजर मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक उत्तिर्ण गरेको तथा ४ वर्ष बैंकिङ क्षेत्रमा अनुभव हुनपर्नेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार २८ गतेसम्म बेवसाइट https://www.shangrilabank.com/ भित्रको career मार्फत आवेदन दिन सकिनेछ ।
