ज्योति शर्माको नेतृत्वमा प्रवासी नेपाली मंन्च इजरायलको कार्यसमिति चयन
काठमाडौं । प्रवासी नेपाली मन्च इजरायलको दोश्रो रास्ट्रीय अधिबेसन 8 जुलाई 2022 शुक्रबार जूम भर्चुवलबाट भब्यतापुर्वक सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता निबर्तवान अध्यक्ष तिर्थ गौतमले गर्नु भएको थियो भने ,नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज डा.राजन भट्टराईको प्रमुख आतिथ्यता विशेष अतिथिको रुपमा नेकपा (एमाले) पोलिट ब्यूरो सदस्य पुर्ब उद्योग मन्त्री तथा प्रतिनिधी सभा सदस्य यूवा इन्चार्ज कमरेड महेश बस्नेत प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष कमरेड भक्त गुरुङ र सचिव रमेश पाण्डेको अतिथ्यतामा अतिथी प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटि सल्लाहकार प्रमुख संजय थापा बिभीन्न रिजनका इन्चार्चहरु रास्ट्रिय कमिटिका अध्यक्षहरुको सहभागीता थियो त्यसै गरि इजरायलमा भएका सम्पूर्ण संगठन र संस्थाहरको उल्लेखनीय सहभागीता रहेको थियो ।
उद्घाटन सत्र जुम भर्चुअल मा थियो भने बन्दसत्र तेलभिब को इबा होटलमा रहेको थियो उक्त बन्द सत्रमा सर्बसम्मत ज्योति शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
कार्यसमितिको उपाध्यक्ष गीता सुवेदी,सचिव मिना चुडाल ,उपसचिव पायल कटुवाल,उपसचिव शीब राज खड्का,आर्थिक विभाग प्रमुख क.पार्बती केसी , महिला बिभाग प्रमुख ठुली चन्द्राकला कोयि राई ,यूवा संयोजक धीरंद्र कुमार (समिर) प्रधान,सांस्कृतिक बिभाग प्रमुख नवराज वली ,प्रचार तथा प्रकासन विभाग प्रमुख रमेश जोशी,सदस्यहरु अना तिमल्सिना,नरेन्द्र लामिछाने,जानु जि. सि,गोबिन्द राजथला,रश्मि राई,ईन्दिरा के.सी ,गोमा उप्रेती,सिता कोइराला,इबाकार्की,कबिता श्रेष्ठ ,जानुका चापागाई , पबित्रा भण्डारी चयन भएको कुरा नवनिर्वाचित उपसचिव शिवराज खड्काले जानकारी दिनु भएको छ ।













