तपाईलाई हिमालयन हाईड्रोपावरको आईपीओ पर्यो कि ? यी चार तरिकाबाट हेर्न सकिन्छ रिजल्ट
काठमाडौं । हिमालयन हाईड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ मंगलबार बाँडफाँट सम्पन्न भएको हो ।
कम्पनीको आईपीओमा आवेदन दिएकामध्य १,७५८ जनाले आवेदन दिएको १९,९३० कित्ता शेयर रद्द गरिएको छ । बिक्रि प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड अनुसार १८,३०,४७२ कित्ता शेयरको लागि जम्मा १५,९५,५५४ जना आवेदकहरुबाट १,७७,५४,३०० कित्ता शेयरको लागि दरखास्त प्राप्त भएकोमा आवश्यक भेरिफिकेशन र रुजु पश्चात् १५,९३,७९६ जना आवेदकहरुबाट प्राप्त भएको १,७७,३४,३७० कित्ता शेयर बाँडफाँटका लागि योग्य रहेको देखिएकोले १० कित्तादेखि १,००० कित्तासम्म आवेदन दिनुहुने १,८३,०४७ जना आवेदकलाई गोलाप्रथा विधि मार्फत १० किता शेयरका दरले (सो मध्ये २ जनालाई २ कित्ताको दरले) शेयर बाँडफाँट गरिएको छ
बाँडफाँट गर्दा रीतपूर्वक आवेदन दिनुहने १५,९३,७९६ आवेदकहरुमध्ये १० कित्तादेखि १,००० कित्तासम्म आवेदन दिने १,८३,०४७ जना आवेदकलाई गोलाप्रथा विधि मार्फत १० कित्ता शेयरका दरले १८,३०,४७० शेयर बाँडफाँट गरियो । तत्पश्चात बाँकी रहेको २ कित्ता शेयरको हकमा २० कित्तादेखि १,००० कित्तासम्म आवेदन दिने सफल आवेदकहरु मध्येबाट २ जनालाई १ कित्ताका दरले पूनः गोलाप्रथा विधिद्वारा बाँडफाँट गरी कूल जम्मा १८,३०,४७२ कित्ता शेयर बाँडफाँट गरेको हो ।
कसरी हेर्ने रिजल्ट ?
कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भैसकेपछि विभिन्न तरिकाबाट रिजल्ट हेर्न सकिन्छ । कम्पनीको आईपीओको रिजल्ट हेर्न सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको https://iporesult.cdsc.com.np/ वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमईको वेभसाइट https://www.globalimecapital.com/ र हिमालयन हाइड्रोपावरको वेभसाइट https://hhpl.com.np/ र मेरो शेयर https://meroshare.cdsc.com.np/#/login मा गएर हेर्न सकिन्छ ।













