९ श्रावण २०८३, शनिबार

श्वेत गंगा हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म झण्डै २ अर्ब संकलन, कति पर्यो आवेदन ?



काठमाडौं । श्वेत गंगा हाइड्रोपावरको आइपीओमा १ अर्ब ८२ करोड ३९ लाख २७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आज अन्तिम दिन (साउन ८ गते) साँझ ५ बजेसम्ममा १६ लाख ३ हजार ७७२ जना सर्वसाधारणले १ करोड ८२ लाख ३९ हजार २७० कित्ताका लागि आवेदन दिएका सीडीएसले जानकारी दिएको छ । यो सर्वसाधारणबाट माग गरिएको भन्दा करिब ८.०३ गुणा बढी आवेदन परेको हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुन बताएको छ ।

श्वेत गंगाले साउन ४ गतेबाट सर्वसाधारणका लागि २२ लाख ७० हजार २५ कित्ता आइपीओ बिक्री खुला गरेको हो । कुल २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेकामा ५५ अर्थात् १ लाख १९ हजार ४७५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो । श्वेत गंगाको आइपीओमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।


प्रतिक्रिया दिनुहोस्