बुधबार यी कम्पनीका लगानीकर्ताले सर्बाधिक कमाए-गुमाए
काठमाडौं । मंगलबार ओरालो लागेको शेयर बजार बुधबार भने २३.८३ अंकले बढेको छ । मंगलबार ४४.८० अकंले घटेर २०८८.१६ बिन्दुमा बन्द भएको थियो भने आज २३.८३ अंकले बढेर २१११.९९ अंकमा बन्द भएको छ । आज २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १ सय ४१ रुपैंयाको कारोबार भएको छ ।
नेप्सेमा सुधारिदा आज ४ कम्पनीको शेयरमा सर्किट लागेको छ । जानकी फाईनान्स कम्पनी, युनाईटेड हाईडोपावर, राष्टिय उत्थान लघुवित्त , नेष्डो समृद लघुवित्त शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, बुधबार कुमारी धनवृद्धि योजनाको शेयरमा नकरात्मक सर्किट लागेको छ । साथै सानिमा डिबेञ्चर २०८७को ५.१९ प्रतिशत, नबिल ब्यालेन्स फन्डको ३.२३, मन्जु श्री फाईनान्सको २.६५प्रतिशतको शेयर घटेको छ ।














