ओम मेगाश्री फर्मास्यूटिकल्सले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धमा प्रभु क्यापिटल नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ओम मेगाश्री फर्मास्यूटिकल्सले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । जसका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

प्रभु क्यापिटल लिमिटेड र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेड बीच साउन ११ गते बुधबारमा दिन फर्मास्यूटिकल्सको कार्यालय बानेश्वरमा सर्वसाधारणमा शेयर निष्काशन गर्नको लागि एक कार्यक्रम आयोजना गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । गैर आवसीय नेपाली, औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आवद्ध तथा इयु फार्मा प्राविधिक समर्थन रही ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको औषधी उत्पादन गर्ने उद्योग भरतपुर २९, चितवनमा रही कम्पनीले युरोपियन राम्रो निर्माण अभ्यास मानकहरू अनुसार औषधी उत्पादन गर्ने र नेपाल सरकार औषधी व्यवस्था विभागमा जम्मा ५६ प्रकारका औषधी उत्पादनको लागि प्रकृया शुरु गरेकोमा हाल ३१ प्रकारका विभिन्न औषधीहरु उत्पादन गर्नको लागि अनुमती प्राप्त भईसकेको र बाँकी उत्पादन स्वीकृतिको प्रकृयामा रहेको तथा फर्मास्यूटिकल्स क्षेत्रमा पहिलो भई सर्वसाधारणमा शेयर जारी गर्ने निर्णय कम्पनीले गरेकोले अब अन्य फर्मास्यूटिकल्सलाई समेत बाटो खुलेको कुरा कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले जानकारी दिए ।

सम्झौतामा ओम मेगा फर्मास्यूटिकल्स लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्