करिब ५ अर्ब रुपैयाँको कारोबार भएको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

करिब ५ अर्ब रुपैयाँको कारोबार भएको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक



काठमाडौं । साताको पाँचौ कारोबारको दिन शेयर बजारमा सुधार आएको आएको छ । बुधबार आकर्षक सुधार आएको शेयर बजारमा आज भने १५ अकंले उकालो लागेको हो । यो साताको सुरुको २ दिन छलाङ आएको भए पनि त्यसता १ दिन भारी गिरावट आएको थियो । पछिल्लो २ दिनमा भने सुधार तिर नै शेयर बजार धकलिएको छ ।

बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४४ अकंले बढेर २१२७.४२ बिन्दुमा बन्द भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८३ अकंले बढेर २१११.९९ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से सुधार तिर लम्किदा आज अरुण काबेली पावरको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १७ करोड ९६ लाख ८६ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, सिवम् सिमेन्टको १५ करोड ८६ लाख ३४ हजार रुपैयाँ, अपर तामाकोशी हाइड्रोपावरको १४ करोड १७ लाख ८० हजार रुपैयाँ, अपि पावरको १३ करोड ४८ लाख ११ हजार रुपैयाँ र सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टको १३ करोड १७ लाख ४५ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्