सयपत्री हाइड्रोपावरको आईपीओमा १ अर्ब रुपैयाँ संकलन, १५ गुणा बढीको आवेदन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सयपत्री हाइड्रोपावरको आईपीओमा १ अर्ब रुपैयाँ संकलन, १५ गुणा बढीको आवेदन



काठमाडौं । सयपत्री हाइड्रोपावरको आईपीओमा १ अर्ब रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ बजेसम्ममा ९ लाख १४ हजार ७७६ आवेदनबाट एक अर्ब ५ करोड २३ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख २३ हजार ४० कित्ता शेयरको लागि आवेदन परेको हो ।

जुन माग भन्दा १५.६९ गुणा बढी हुन हो । कम्पनीले १३ गतेदेखि सर्वसाधारणका लागि आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

जस मध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ ।

प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । छिटोमा साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ भने उक्त समयमा सबै सेयर बिक्री नभएमा भने साउन २७ गतेसम्म खुला रहनेछ ।

आइपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै, मेरोसेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ। यो आइपीओमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्