४० प्रतिशत लाभांश दिन सक्ने धौलागिरी लघुवित्तले साउन २४ गतेदेखी आईपीओ जारी गर्दै, यस्तो छ कम्पनी ! « Arthapath.com
१६ श्रावण २०७९, सोमबार

४० प्रतिशत लाभांश दिन सक्ने धौलागिरी लघुवित्तले साउन २४ गतेदेखी आईपीओ जारी गर्दै, यस्तो छ कम्पनी !



काठमाडौं । बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेडको साउन २४ गते देखी सार्वजनिक शेयर निष्कासन हुने भएको छ । जसको बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमीटेड रहेको छ ।

हाल उक्त कम्पनीको चुक्ता पुँजी.७ करोड रहेकोमा सार्वजनिक शेयर निश्कासन पश्चात १० करोड ३१ लाख पुग्नेछ । हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा ११ करोड रहेको छ । जसबाट प्रतिशेयर नेटवर्थ २५७ रुपौँया हुन आउँछ ।

कम्पनीको संचित नाफा नोक्सानी समेत ४.६ करोड भन्दा माथि रहेकोले सार्वजनिक शेयर निश्कासन पश्चात् समेत शेयरधनीहरुको लागी ४० प्रतिशत भन्दा बढि लाभांस वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाउँछ । हाल राष्ट्रिय स्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आईरहेको छ । जसबाट करिब ३६,०००÷– ग्राहक सदस्यहरु मार्फत कुल १४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ । आ.ब. २०७८÷०७९ को अपरिस्कृत वित्तीय विवरण बमोजिम उक्त कम्पनीको पैसा प्रतिशेयर आम्दानी ३७.२५ पैसा रहेको छ ।

 लघुवित्तले जारी पूँजी. १० करोड ३१ लाखको ३२.१० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका दरले ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

उक्त कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ८ हजार २९५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघवित्तको आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ भने माग बमोजिम आवेदन नपरेमा भदौ ७ गतेसम्म आवेदन समथ थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्