शेयर बजारमा सामान्य गिरावट, ३ अर्ब २९ करोडको कारोबार हुदाँ ७ उपसूचक राताम्य « Arthapath.com
१ असार २०८२, आईतबार

शेयर बजारमा सामान्य गिरावट, ३ अर्ब २९ करोडको कारोबार हुदाँ ७ उपसूचक राताम्य



काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा गिरावट आएको छ । यो साताको सुरुको दिन आकर्षक सुधार आएको भएपनि साताको दोस्रो दिन झिनो सुधार आएको थियो । तर आज भने सामान्य अकंले शेयर बजार ओरालो लागेको हो । शेयर बजारमा आज केही घटे पनि यसले निरन्तरता नपाउने विज्ञहरु बताउनछन् ।
शेयर बजारमा मौद्रिक नीति पश्चात आकर्षक सुधार आइरहेको हुदाँ अब शेयर बजार माथि उक्लिने एक लगानीकर्ता विज्ञले बताए । लगानी पनि निरन्तर आकर्षक हुदै गइरहेको छ ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.८१ अकंले घटेर २१९३.४३ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१५ अकंले बढेर २१९६.२५ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से सामान्य ओरालो लाग्दा आज ७ उपसूचकमा राताम्य भएको छ । मंगलबार बैंकिङ समूहको ०.४४ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९५ प्रतिशत, विकास बैक समूहको ०.५२ प्रतिशत, निर्जीवन बीमा समूहको ०.०९ प्रतिशत, अन्य समूहको १.०४ प्रतिशत, जीवन बीमा समूहको ०.६२ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.५९ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्