३ कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साताको तेस्रो दिन नेप्से ओरालो लागेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.८१ अकंले घटेर २१९३.४३ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर आज किनबेच भएको छ । नेप्सेमा झिनो गिरावट आउँदा कारोबार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँको भएको छ ।
मंगलबार ३ कम्पनीको शेयरमा सर्किट लागेको छ । आज विध्यबासनी हाइड्रोपावर, समलिङ पावर र हिमाल दोलाखा हाइड्रोपावरको शेयरका सर्किट लागेको हो । साथै, रिभर फल्स पावरको ८.५३ प्रतिशत र फरवार्ड माइक्रोफाइनान्स लघुव्त्तिको ७.६९ प्रतिशतले शेयर बढेको हो ।
