मंगलबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
१ असार २०८२, आईतबार

मंगलबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.८१ अकंले घटेर २१९३.४३ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१५ अकंले बढेर २१९६.२५ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से सामान्य ओरालो लाग्दा आज राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ४.२४ प्रतिशतले घटेको हो । साथे, गुडवइल फाइनान्स डिबेञ्चरको ३.९५ प्रतिशत, किसान लघुवित्तको ३.९० प्रतिशत, गणपति लघुवित्तको ३.६४ प्रतिशत र सपोर्ट लघुव्त्तिको ३.३८ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्