आजदेखि ङादी ग्रुप पावरले १५० प्रतिशत हकप्रद शेयर निष्काशन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आजदेखि ङादी ग्रुप पावरले १५० प्रतिशत हकप्रद शेयर निष्काशन



काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आज (साउन १८ गते) देखि १५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ दशमलव ५ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो ।

कम्पनीले एक सय रूपैयाँ अंकित दरका १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रूपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रूपैयाँ रहेको छ । १५० प्रतिशत हकप्रद शेयर जारीपश्चात् कम्पनीको चुक्तापूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रूपैयाँ पुग्नेछ ।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि असार २० गते एक दिन बुक क्लोज गरेको हुदाँ असार १९ गतेसम्म शेयर कायम रहेका शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै सिद्धार्थ बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै आश्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूसँगै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ । हकप्रद शेयर निष्कासनका लागि गराइएको रेटिङमा क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिमको संकेत गर्ने केयर एनपी डबल बीप्लस आईएस रेटिङ प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्